मेनोपज कुनै पनि महिलाको जीवनको एक सामान्य चरण हो, तर प्रायः यसको बारेमा गलत जानकारी प्रचलित हुन्छ। यसलाई लिएर विभिन्न खालका मिथकहरु संसारभर नै प्रचलित रहेको पाइन्छ।
मेनोपज त्यतिबेला हुन्छ जब महिलाको उमेर बढ्नुका साथै उनमा सेक्स हार्मोनमा परिवर्तन आउँछ। अन्डाशय (ओवरिज) प्रत्येक महिना अण्डा बनाउन बन्द गरिदिन्छ र एस्ट्रोजनको स्तर खस्न थाल्छ। मेनोपज प्रायः ४५ देखि ५५ वर्षको बीचमा हुन्छ। तर केही महिलाहरुमा यो त्यसअघि पनि हुने गर्छ ।
यसका तीनवटा चरणहरु रहेका छन् ।
पेरी मेनोपज फेजः यो भनेको महिनावारी सुक्नुभन्दा अगाडि दुई चार वर्षभन्दा अगाडिको उमेर पेरी मेनोपजको फेज हो ।
मेनोपजः कुनै पनि महिलालाई एक वर्ष वा त्यो भन्दा बढी महिनावारी भएन भने त्यो समयलाई रजोनवृत्ति अथवा मेनोपज भनेर भनिन्छ ।
पोस्ट मेनोपज: एक वर्ष महिनावारी नभइसकेको समय पोस्ट मेनोपज हो ।
यस बिषयमा हामीले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.चन्दा श्रीबास्तबसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस ।