images
images

बच्चाको उचाई बढाउन के के कुराहरु अपनाउनु पर्छ?

  • ४ आश्विन २०८०, बिहीबार १०:००
images

शारिरिक उचाई शरिरको सौन्दर्यसँग जोडेर हेरिन्छ । बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । हामीले सामान्य विषयमा ध्यान पुर्याउन सक्यौ भने पनि बच्चाको उचाई बढ्छ ।
बच्चा दुई वर्षको भएपछि उसको हड्डी तथा मांशपेशीहरु बलियो हुन थाल्छ र हिड्डुल गर्न सक्छ । यसका लागि उसलाई बिभिन्न पौष्टिक तत्वको आवस्यकता पर्दछ ।
बालबालिकाको उचाई बढाउन यी उपायहरु अपनाउनु पर्दछ।

– बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको जरुरत हुन्छ जसमा
प्रटिन तथा क्याल्शियम हुनछ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।

– अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि जरुरी तत्व हुन्छ । जसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न
मद्दत गर्छ ।

– मासुको सेवन गर्नाले मासुमा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ । जसले बच्चाको शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको नियमित
सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

– केरामा प्रशस्त मात्रामा बिभिन्न प्रकारका भिटामिन पाइन्छ । यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ ।
र केरामा म्मयाग्नेशियम, पोटाशियमका साथै क्याल्शियम जस्ता पोषक तत्व पाइन्छ ।

अरु केहि समास्याका कारणले पनि तपाईको बालबालिकाको उचाई नबढेको हुन सक्छ। तपाईको बालबालिकाको उमेर बढ्दै गयो तर उचाई बढेन भने तपाईले अस्पताल गएर चिकिस्तक सल्लाह हुनु होला।