images
images

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो १६० कर्मचारी

  • ५ पुष २०८०, बिहीबार १०:०२
images

काठमाडौं । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले स्वास्थ्य सेवाका १६० कर्मचारी माग गरेको छ।

आज निर्देशनालयले सूचना जारी गर्दै छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।