सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।
कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्र लेखेका हुन् ।
‘ हालको विद्यमान परिस्थितको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानुन मुताविक तुरुन्तै आवश्यक कारबाही अघि बढाइदिनहुन अनुरोध छ ।’ पत्रमा भनिएको छ
हेर्नुहोस् पत्र :