काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशिको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई छनोट गरिएको हो।
आज कावासोती २ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको हो।
पुरस्कारको यो चौथो संस्करण हो।