images
images

भरोसा र भेनस अस्पतालले फोहोर वर्गीकरण, निर्मलीकरण र अभिलेखन तत्काल सुधार गर्नु पर्ने

  • १० फाल्गुन २०८०, बिहीबार १३:२३
images

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ ।

आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गरेका छन ।

भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा वार्ड, शल्यक्रिया हुने ठाउँ, इमर्जेन्सी, प्रयोगशाला, भण्डारण कक्ष २० लिटर क्षमताका अटोक्लेभ मेसिन राखेको छ । फोहोर राख्ने बिनहरुमा रंग संकेत नमिलेको, भएका बिन पनि बाकस बनाएर लुकाइएको छ ।

मध्य बानेश्वरकै भेनस अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर रहेकाे अनुगमनकाे त्रममा पाइएकाे छ । वर्गीकरण, ढुवानी, निर्मलीकरण र भण्डारण प्रणालीका हरेक ठाउँमा तत्काल सुधार गर्नु पर्ने अवस्था छ । भएको अटोक्लेभ मेसिन माथिल्लो तलामा छ । फोहोर भण्डारण कक्ष भूमिगत तलामा छ ।

अनुगमनमा अपेक्षित अवस्था पाइएन । तत्काल सुधार नगर्ने हो भने कारवाहीको प्रक्रियामा जानु पर्ने हुन्छ । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्नुहुन्छ, ‘यो अनपेक्षित अवस्था हो ।’

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले भन्नुभयो, ‘प्रक्रियाको कुनै एक ठाउँमा गल्ती भयो भने सामान्य फोहोरमा संक्रमित फोहोर मिसिने खतरा हुन्छ । यसकारण एक ठाउँमा राम्रो भएर मात्र पुग्दैंन ।’