राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकारले शुल्क नलिएर अस्पतालहरूले शुल्क लिने गरेको बताएकी हुन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको छ । तर, बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन ।’
सांसदक कार्कीले भिडिओ एक्स-रे एउटै टेस्टको शुल्क ५ सयदेखि २५ सयसम्म लिइने गरेको पाएको बताइन्। ल्याब टेस्ट र अपरेशन शुल्कमा स्थिति अझै बिकराल रहेको उनको दाबी छ ।