images
images

किन बिहान सबेरै उठ्ने ? यस्ता छन् फाइदाहरु

  • १० बैशाख २०८१, सोमबार १३:१४
images

भनिन्छ बिहान सबेरै उठ्दा आधा रोग त त्यसै निको हुन्छ। अर्थात घाम झुल्कन्नु अघि उठ्दा हुने सकारात्मक भावले नै मानिसमा आत्माबल बढ्ने बताइन्छ। सुत्ने र उठ्ने तालिका नमिल्दा नै रोगको भय हुन्छ। अहिले धेरैको निद्रा विथोलेको छ, सोसल मिडिया, टेलिभिजन लगायतले। राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन । त्यही कारण विहान अबेरसम्म सुत्ने गर्छन् । यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ । परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ । मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ । यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ र समयमै उठ्नु पनि पर्छ । एक वैज्ञानिक अनुसन्धानका अनुसार जो व्यक्ति बिहान चाँडै उठ्छ, उनीहरुलाई मानसिक रोगको सम्भावना निकै कम हुन्छ ।
आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । बिहान छिटो उठ्ने मानिसहरु आत्मप्रेरित हुने कुरा धेरैपटक अनुसन्धानले प्रमाणित गरिसकेको छ । उनीहरु लगातार काम गर्न मन पराउँछन् साथै जिवनको लक्ष्य पनि ठुलो राख्छन् र भविष्यको योजना राम्रो बनाउँछन् । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन बिहान चाँडै उठ्नुपर्छ। बिहानै उठ्दा डिप्रेसनको जोखिम कम हुन्छ।
बिहान सबेरै उठ्दा हुने फाइदाहरु
– चाँडै उठ्ने मानिसहरूले राती चाँडै सुत्ने समय व्यवस्थापन गर्न सक्छन् । यसले तपाईको दिनचर्यामा मात्र सुधार गर्दैन, गुणस्तर निद्राका लागि पनि सहयोगी मानिन्छ। शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्नको लागि राम्रो निद्रा आवश्यक मानिन्छ।
– आयुर्वेदका अनुसार बिहान सबेरै उठ्ने मानिसको पाचन प्रणाली बलियो हुन्छ । बिहान हुने पाचन प्रक्रिया राम्रो हुने विश्वास गरिन्छ ।।
– बिहान सबेरै उठ्दा शरीरमा दिनभर ऊर्जा कायम रहन्छ । साथै, चिन्ता र तनाव पनि कम हुन्छ। साथै, भित्रबाट शान्ति प्राप्ति हुन्छ । यसले शरीरमा सकारात्मक प्रभाव पार्छ।
– बिहान सबेरै उठ्दा एकाग्रता बढ्छ । कुनै न कुनै काममा केन्द्रित रहनु होला । साथै आफ्नो काम राम्रोसँग गर्न सकिनेछ ।
– बिहान सबेरै उठ्दा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । बिहान उठ्दा शरीरलाई स्वाभाविक रूपमा स्फूर्तिलाे बनाउँछ । जसका कारण तपाई कम बिरामी हुनुहुन्छ।
– बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ

– जो मानिस विहान छिटै उठेर व्यायाम गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । बिहान व्यायाम गर्दा शरीरको रक्तसञ्चार बढ्छ। मुटु स्वस्थ रहन्छ र मुटुसम्बन्धी विभिन्न रोगको जोखिमबाट बच्न सकिन्छ। शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लड प्रेसरको समस्या निम्तिदैन ।
– बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।
– बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।
बिहान छिटो उठ्ने मानिस तुलनात्मक रुपमा खुसी र अधिक उत्पादक जीवन जिउन सक्ने गरेको पाइएको छ ।