images
images

मेथी खानुका फाइदाहरु के के छ्न ? थाहा पाउनुहोस्

  • ५ आश्विन २०८०, शुक्रबार १६:०५
images

हाम्रो दैनिक जीवन हामीले खाना बनाउदा अर्थात बिशेष गरी तरकारी पकाउदा मेथीका दाना पड्काउने गरिन्छ । त्यसका साथै यसको पातलाई सागको रूपमा तरकारी बनाएर खाने चलन पनि छ । मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

यसका फाइदाहरू यसप्रकार छन।
१. हाम्रो खानपानको कारणले पेटको समस्या भइरहेको हुन्छ । त्यसमा पनि कब्जियत र ग्यास्ट्रिकको बढी समस्या भएको पाइन्छ । मसलेदार
खाना खाइसकेपछि मेथीको साग खाने गर्दा पाचन प्रणालीलाई सहज बनाउँछ र पेटमा ग्यास जम्न दिँदैन ।

२. मेथीको सब्जी वा यसको दाना दैनिक सेवन गर्नाले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले शरीरमा भएको बोसोको मात्रालाई बिस्तारै कम
गर्दै लान्छ । बोसोको मात्रा कम भएपछि शरीरको तौल आफैँ कम हुन्छ ।

३. मेथीको सेवनले रुघाखोकी लाग्नबाट बचाउँछ । दैनिक आफूलाई मन लाग्ने तरिकाले मेथीको सेवन गर्दा हुन्छ । यसले रुघाखोकीका साथै
अन्य स्वास्थ्य समस्याबाट पनि जोगाउँछ ।

४. रुघाखोकी, ज्वरो आउँदा मानिसको शरीर पनि दुख्छ । त्यो दुखाइलाई कम गर्न मेथीको दाना वा पात सेवन गर्नुपर्छ । मेथीमा
रोगप्रतिरोधात्मक शक्ति बढाउने तत्व हुन्छ र त्यसले दुखाइ कम गर्छ ।