सुखी र सन्तुष्ट जीवन बिताउनको लागि यौन आवश्यकताहरू पूरा गर्नु धेरै महत्त्वपूर्ण छ।
याे केवल रमाइलोको लागि मात्र होइन, यो तपाइँको साथीलाई तपाइँको स्नेह र प्रेम देखाउने एक राम्रो तरिका हो। तर यौन अनुभवलाई अझ रमाइलो बनाउनको लागि यौन शक्ति हुनु आवश्यक छ। सबै मानिस प्राकृतिक यौन शक्ति लिएर जन्मेका हुन्छन् वा कतिपयले बढ्दो उमेरसँगै यौन शक्ति गुमाउँछन् ।
यौन जीवन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्था हो। तुलनात्मक रूपमा पुरुषहरूमा एक उच्च काम वासना छ र सामान्यतया चाँडै जागृत हुन्छ। तर सबैको यौन कार्य एकै किसिमको हुँदैन र कतिपय पुरुषले धेरै कठिनाइहरूको सामना गर्छन्।
स्त्रीलाई यौन इच्छाहुँदा पुरुषलाई नहुने र पुरुषलाई यौन इच्छा हुँदा स्त्रीलाई नहुनुले गर्दा दम्पती बीच सम्बन्ध बिग्रने, दरार पैदा हुने गरेकाे पाइन्छ । विशेष गरि नशा, अत्याधिक धुम्रपान, भिटामिनकाे कमि आदि विभिन्न कारणले पुरूषहरूमा याैन दुर्वलता देखिने चिकित्सकहरू बताउछन ।
पुरुष यौन दुर्बलताकाे बारेमा हामिले वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. दीपक रौनियारसंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।