images
images

आलुको बोक्रामा पोषक तत्वहरूको भण्डार

  • ११ फाल्गुन २०८०, शुक्रबार १६:१४
images

के तपाइँ पनि आलुको बोक्रालाई बेकार ठान्नुहुन्छ र त्यसलाई फ्याँकिदिनुहुन्छ यदि त्यस्तो हो भने तपाइँ गलत गर्दैहुनुहुन्छ तपाईलाई थाहा छ आलुको बोक्रामा पोषक तत्वहरूको भण्डार हुन्छ जुन हाम्रो शरीरको लागि धेरै लाभदायक हुन सक्छ। भिटामिन सी, भिटामिन बी, पोटासियम, म्याग्नेसियम र एन्टिअक्सिडेन्टहरू आलुको बोक्रामा पाइने केही महत्त्वपूर्ण पोषक तत्वहरू हुन्। यी सबै तत्वहरू हाम्रो शरीरको लागि आवश्यक छन्। त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो ।

बालकदेखि वृद्धसम्मलाई मन पर्ने तरकारी हो, आलु । आलु मन नपराउने व्यक्ति कमै होलान् ।आलु बिना कुनै पनि तरकारी अपुरो मानिन्छ । यो मिसाएपछि मात्र अरु तरकारी स्वादिष्ट हुन्छ । आलु लगभग सबैको मनपर्ने तरकारी मध्ये एक हो सस्तो हुनुका साथै पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । आलुको बोक्राले तपाईलाई अतिरिक्त क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, फाइटोकेमिकल्स र अधिकांश भिटामिन का साथै मिनरल्स प्रदान गर्दछ। यस बाहेक यसको प्रयोग गरेर तपाई सौन्दर्य सम्बन्धी धेरै समस्याबाट मुक्त हुन सक्नुहुन्छ। फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

आलुको बोक्रामा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले रातो रक्त कोशिकालाई काम गर्न मद्दत गर्छ आलुको बोक्रामा फाइबरको मात्रा पनि धेरै हुन्छ। फाइबरले पेट सम्बन्धी समस्या र तौल घटाउनका साथै मेटाबोलिज्म नियन्त्रण गर्न मद्दत गर्छ।

आलुको बोक्राले तपाइँको कपाललाई चम्किलो बनाउन मद्दत गर्छ र कपाल छिटो बढ्न मद्दत गर्छ। यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ ।

आलुको बोक्रा पोटासियमको ठूलो स्रोत हो। आलुको बोक्रामा पनि प्रशस्त मात्रामा आइरन हुन्छ, जसले रातो रक्त कोशिकालाई काम गर्न मद्दत गर्छ। आलुको बोक्रामा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। यसमा भिटामिन बी कम्प्लेक्स र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, जसले शरीरलाई धेरै रोगबाट टाढा राख्न मद्दत गर्छ ।

आलुको बोक्रामा धेरै एन्टिअक्सिडेन्टहरू पाइन्छ जसले शरीरलाई क्यान्सरको असरबाट बचाउँछ। बोक्रामा ठूलो मात्रामा फाइटोकेमिकल पाइन्छ, जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसका साथै यसमा क्लोरोजेनिक एसिडको मात्रा बढी हुन्छ जसले क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्छ ।

यदि तपाई कोलेस्ट्रोलको समस्याबाट ग्रसित हुनुहुन्छ भने आलुको बोक्रा मिसाएर पकाउनुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्टले रगतको कोलेस्ट्रोल नियन्त्रण गर्न निकै सहयोगी हुन्छ ।

आलुको बोक्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि तपाईले आलुको बोक्रासँग सेवन गर्नुहुन्छ भने यसमा पाइने पोटासियम, म्याग्नेसियम र क्याल्सियमले तपाईको रक्तचापलाई नियन्त्रणमा राख्छ ।

आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिसेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् कालोपना बिस्तारै कम हुँदै जान्छ । आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बोक्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उपयोग गर्नुहोस्  तपाईं पनि आलुको बोक्राको मद्दतले आफ्नो स्वास्थ्य, कपाल र छाला सम्बन्धी समस्याहरू हटाउन सक्नुहुन्छ।