पसिनाबाट आउने दुर्गन्ध, मानिसलाई असैह्य हुन्छ त्यसैले धेरैजसो मानिसहरुलाई लाई पसिना आएको मन पर्दैन । कतिपयको लागि त यो समस्या पिडादायक हुने गर्छ। तर के तपाईलाई थाहा छ ? पसिना आउनु हाम्रो स्वास्थ्यका लागि कति लाभदायक छ भनेर ?
जाडो होस् वा गर्मी, पसिना आउनु सधैं फाइदाजनक हुन्छ। पसिनाले शरीरको शारीरिक र मानसिक स्वास्थ्यलाई बढावा दिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार नियमित व्यायाम र पसिनाले शरीरबाट सबै हानिकारक विषाक्त पदार्थहरू बाहिर निस्कन्छ। पसिनाले छालाको छिद्रहरू खोल्छ यस्तो अवस्थामा छालामा जम्मा भएका विषाक्त तत्व पनि पसिनाको माध्यमबाट बाहिर निस्कन्छन् । यसले छालालाई स्वस्थ बनाउँछ र सबै समस्याहरू हटाउँनुको साथै पसिनाले छालालाई चम्किलो पनि बनाउँछ। हाम्रो शरीरले फाल्ने पसिनाले धेरै गर्मी हुनबाट शरीरलाई सुरक्षा प्रदान गर्छ त्यसैगरी पसिनाले शरीरको रगत सञ्चारलाई चुस्त र स्फुर्त राख्दछ ।
तौल घटाउन
पसिनाले वजन घटाउन धेरै मद्दत गर्दछ। कुनै पनि शारीरिक गतिविधि, कसरत वा व्यायाम गर्दा, पसिनाले ठूलो मात्रामा क्यालोरीहरू जलाउन सक्छ, किनभने यसले तपाईंको ऊर्जा र कडा परिश्रम लिन्छ। त्यसकारण क्यालोरीहरू जलाउन र छिटो तौल घटाउन पसिना आउनु महत्त्वपूर्ण हुन्छ। विशेष गरी जीम गर्दा होस् वा अन्य कुनै व्यायाय, घाममा हिँड्दा होस् वा अन्य कुनै गह्रौं काम गर्दा यसले हाम्रो शरीरमा पसिना निकाल्नुका साथै इन्डोर्फिन्स नामक हर्मोनको वृद्धि गराउँछ । जुन शारीरिक कसरतको समयमा आफै निस्कने गर्छ ।
मृगौलाको पत्थरीको जोखिम कम गर्छ
निरन्तर बग्ने पसिनाले शरीरमा भएको नुनलाई बाहिर निकाल्न तथा हड्डीमा भएको क्याल्सियम बनाइराख्न मद्दत गर्छ । यसले मिर्गौलामा क्याल्सियम र नुनको मात्रालाई सही अवस्थामा राखी मिर्गौलामा ढुङ्गा बन्नबाट जोगाउँछ । हामी सबैलाई थाहा छ कि हानिकारक विषाक्त पदार्थहरू पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ। तर, वास्तवमा बारम्बार पिसाब फेर्दा पिसाब नलीमा हानिकारक मिनरल्स जम्मा हुन्छ र यसले मिर्गौलामा पत्थरी निम्त्याउँछ । त्यसैले धेरै पसिना आयो भने कम बाथरुम जानुपर्छ र पत्थरीको समस्याबाट बच्न सकिन्छ ।
शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ
शरीरमा भएका सबै प्रकारका विकार निकाल्ने उत्तम उपाय भनेकै पसिना निस्कनु हो । पसिनाले शरीरमा भएको हानिकारक पदार्थ, कोलेस्ट्रोल तथा नुनिलो पदार्थ बाहिर निस्कन्छ । विशेषगरी शरीरले भित्र भएका विकार पसिनामार्फत निकाल्ने गर्दछ । ‘छालाको समस्या, पिम्पल्स लगायत शरीर विकार पैदा गर्ने तत्वलाई समेत यसले बाहिर फाल्ने गर्छ।
चम्किलो र स्वस्थ छालाको लागि प्रभावकारी
पसिना बगाउँदा मृत कोषहरुको पनि नष्ट हुन्छ, र त्वचामा प्राकृतिक निखार आउँछ । जसरी अत्याधिक पसिनाले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालिन्छ, त्यसैगरी प्रदुषण र मेकअप आदिका कारण छालामा जमेको फोहोर र अशुद्धतालाई हटाउन सकिन्छ । पसिनाको कारण छालामा प्राकृतिक चमक आउँछ यसले रक्तसञ्चार बढाउँछ जसले छालालाई चम्किलो बनाउँछ। पसिना आएपछि छाला पनि नरम हुन्छ ।
मुड सुधार्नका लागि फाइदाजनक
व्यायाम र पसिनाले एन्ड्रोजन हर्मोन निस्कन्छ, जसले शरीरमा सकारात्मक भावनाहरू बढाएर मुड सुधार्न मद्दत गर्छ। त्यसैले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन नियमित व्यायाम र पसिना निकाल्नु जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । अधिक पसिना निस्कँदा शरीरको तापमान सन्तुलित रहन्छ यसकारण दिमाग फ्रेश हुन्छ र तनाव हट्छ ।
रासायनिक तत्वहरू निकाल्छ
शरीरमा धेरै प्रकारका अर्गानिक रसायनहरू हुन्छन् जसले स्वास्थ्यमा नराम्रो असर गर्छ । यी रसायनहरू पसिनाको माध्यमबाट पनि शरीरबाट बाहिर निस्कन्छ, जसले स्वास्थ्य सम्बन्धी समस्याहरूलाई कम गर्छ। पसिनाले शरीरबाट अतिरिक्त सोडियम र पोटासियम पनि बाहिर निस्कन्छ, जसले गर्दा शरीरमा सन्तुलन कायम रहन्छ । यसले मुटुदेखि हड्डीसम्मका रोगहरूबाट बचाउँछ।
कपालको लागि पनि लाभदायक
पसिना छालाका लागि मात्र होइन कपालका लागि पनि फाइदाजनक हुन्छ । टाउकोमा पसिना आउँदा छिद्रहरू खुल्छन्। यसले कपाल बढाउन मद्दत गर्छ तर पसिनाले टाउकोमा चिलाउने पनि हुन सक्छ। यसबाट बच्न स्याम्पु गर्नु पनि आवश्यक हुन्छ ।