images
images

चुकन्दर खादा हुने फाइदाहरू

  • ११ बैशाख २०८१, मंगलवार १३:०९
images

चुकन्दर बारे धेरैले कम सुनेको र देखेको होला । हेर्दा नै निकै लोभलाग्दो देखिने चुकन्दर निकै स्वादिष्ट हुन्छ । हाम्रो स्वास्थ्यको लागि लाभदायक तरकारी हो चुकन्दर अर्थात बिटरुट । प्रशस्त पौष्टिक तत्वहरु पाइने चुकन्दर सबै उमेरका लागि निकै फाइदाजनक छ । चुकन्दरले शरीरमा अक्सिजन बढाउने गर्छ जसले गर्दा मस्तिष्क शक्ति नि राम्रो हुन्छ । चुकन्दर खादा शरिरमा रगतको कमि हुदैन । चुकन्दरमा फलिक एसिड उच्च मात्रामा पाइने हुनाले गर्भवती र शिशुको लागि पनि निकै फाइदाजनक छ । यसले गर्भवतीलाई अतिरिक्त उर्जा दिन्छ ।
चुकन्दरमा राम्रो मात्रामा आइरन हुन्छ, जसले एनीमियाको समस्याबाट बचाउँछ । यसबाहेक चुकन्दरमा सोडियम, पोटासियम, डाइटरी फाइबर, प्राकृतिक चिनी र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । यति मात्र होइन, चुकन्दर भिटामिन बी ६ र एन्टिअक्सिडेन्टको पनि राम्रो स्रोत हो । चुकन्दर कुनै पनि समयमा खान सकिन्छ, तर यदि यसलाई बिहान खाली पेटमा खायो भने शरीरले यसमा भएका सबै पोषक तत्वहरू राम्ररी सोस्छ । गर्मीको मौसममा चुकन्दर खानाले थुप्रै फाइदा दिन्छ । गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यालाई टाढा राख्नुका साथै छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ । यदि कसैको शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा पुर्‍याउँछ । यसमा उच्च पौष्टिक तत्व र पानी प्रशस्तै हुन्छ । साथै यसमा फ्याटको लेभल शून्य हुने भएकोले यसलाई गर्मीको सुपरफुड पनि भनिन्छ ।
चुकन्दर खानुका फाइदाहरु
भरपुर पोषण
यदि तपाईंको रगतमा हेमोग्लोबिनको मात्रा कम छ भने चुकन्दर तपाइको लागि लाभदायक हुन्छ । चुकन्दरमा लगभग हरप्रकारको भिटामिन र मिनरल पाइन्छ, जुन हाम्रो शरीरको लागि आवश्यक हुन्छ । यो पोटासियम र फोलेटको पनि राम्रो स्रोत हो । यसमा पाइने नाइट्रेट हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।
कलेजो र पेटेको सफाइ
चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेटको सफाइ हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकालने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । कब्जीयतको समस्या वा पेटको समस्या छ भने चुकन्दर खाँदा साह्रै फाइदा मिल्छ। चुकन्दरमा फाइबर हुन्छ । चुकन्दर चाँडो पच्ने खाने कुरामा पर्छ । त्यसैले यसले पाचनप्रणालीलाई निकै मजबुत बनाउँछ ।
तौल सन्तुलन
चुकन्दरमा पोषण तत्व अत्याधिक हुन्छ भने कुनै प्रकारको क्यालोरी हुँदैन । त्यसैले मानिसलाई शरीरको तौल सन्तुलन गर्न पनि मद्दत गर्छ । शरीरमा हुने क्यालोरीको अतिरिक्त मात्रा नबढ्ने भएकोले मानिसको तौल सन्तुलन हुन्छ ।
मुटुसम्बन्धी रोगका लागि राम्रो
चुकन्दरको जुस नियमित रूपमा सेवन गर्नाले कार्डियोभास्कुलर रोगहरू वा मुटुसँग जोडिएका रोगहरूको खतरा कम हुन्छ । यसमा नाइट्रेट हुन्छ । र नाइट्रेट पछि नाइट्रेट अक्साइडमा परिवर्तन भएपछि रक्त प्रवाहलाई नियमित गर्न मद्दत गर्छ । जसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ भने हृदयघात र स्ट्रोकको खतरा पनि कम गर्छ ।
मस्तिष्कको सुरक्षा
चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस गर्न सजिलो बनाउँछ । यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।
वर्क आउट ड्रिंक
चुकन्दरले शरीरमा रक्तचाप र अक्सिजनको स्तर बढाउनुका साथै यसको जुसले सक्रिय र उर्जावान महशुस गराउँछ । यसैले यसलाई प्रि-वर्कआउट ड्रिंक पनि मानिन्छ । यसले मांशपेशीमा हुने दबाब भन्दा पहिले अक्सिजनको प्रवाह गरिदिन्छ ।
उर्जावान
चुकन्दरले शरीरमा रगतको प्रवाह र अक्सिजनको प्रवाह सन्तुलन गर्ने भएकाले यसको जुस सेवन गर्नाले दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।
सुन्दर छाला
चुकन्दरमा भिटामिन सी, भिटामिन बी जस्ता तत्व पाइने भएकाले यसले उमेरसँगै देखिने छालाका विभिन्न समस्याहरुबाट बचाउँछ । र छालामा आउने विभिन्न प्रकारका समस्याहरुबाट पनि बचाउँछ ।