
आफ्नो फिटनेस कायम राख्न र राम्रो स्वास्थ्यको लागि, मानिसहरु बिहान सबेरै जिम जान्छन् र धेरै पसिना बगाउँछन्, यसले मोटोपना कम गर्छ तर स्वास्थ्यलाई धेरै फाइदाहरू प्रदान गर्दछ, मांसपेशिहरु बलियो बन्न र ऊर्जावान महसुस पनि हुने गर्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि जिममा वर्कआउट गरेपछि घर आउँदा कुन काम गर्नुपर्छ? आउनुहोस् तपाईलाई भनौं शारीरिक व्यायाम गरेपछि घर आएपछि सबैभन्दा पहिले के गर्नुपर्छ?
जिमबाट घर आएपछि गर्नुहोस् यी कामः
केही समय आराम लिनुहोस् : कसरत गरेर घर आउँदा सबैभन्दा पहिले केही समय आराम गर्नुपर्छ । वास्तवमा, व्यायाम गरेपछि शरीरको तापक्रम धेरै बढ्छ, श्वासप्रश्वास छिटो हुन्छ, त्यसैले घर आएपछि सबैभन्दा पहिले आराम गरेर बस्नुहोस् ।
एक वा दुई गिलास पानी पिउनुहोस्: वर्कआउट गर्दा र पछि शरीरमा धेरै पसिना आउँछ र शरीरमा पानीको कमी हुन्छ। यस्तो अवस्थामा तपाईंको शरीर डिहाइड्रेसनको शिकार बन्दछ, त्यसैले केही समय आराम गरेपछि पानी पिउनुपर्छ । विज्ञहरूका अनुसार शरीरमा पानीको कमी नहोस् भनेर कसरतपछि दुईदेखि तीन कप पानी पिउनुपर्छ ।
नुहाउन जानुहोस्: व्यायाम गरेपछि हाम्रो सम्पूर्ण शरीर पसिनाले भिजेको हुन्छ। यस्तो अवस्थामा आराम गरेपछि तुरुन्तै नुहाउनु जरुरी छ । वास्तवमा शान्त ठाउँमा बसेर चिसो भए पनि पसिनाको कारण शरीरमा चिपचिपापन हुन्छ, त्यसलाई हटाउन व्यायामपछि चिसो पानीले नुहाउनु फाइदाजनक हुन्छ ।
स्वस्थकर बिहानको खाजा खानुहोस्: कसरत गरेपछि चिल्लाे वा अस्वास्थ्यकर ब्रेकफास्ट खानुको सट्टा स्वस्थकर खाजा खानुपर्छ। वास्तवमा, धेरै मानिसहरू कसरत पछि भुटेको खाना खान्छन यसले तपाईंलाई हानि पनि गर्न सक्छ। काँक्रो, मिल्क शेक र फलफूललाई स्वस्थकर स्न्याक्सका रूपमा लिन सकिन्छ ।