images
images

काठमाडौँ महानगरले ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने

  • ८ श्रावण २०८१, मंगलवार ०७:०६
images

काठमाडौँ । काठमाडौँ महानगरले ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने भएको छ ।

अभियान साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ ।

यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो ।

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर घरमा ग्एर पोलियो थोपा खुवाउनेछ ।

जेठ १३ मा काठमाडौँको काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको थियाे ।

उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।