क्रोएसियाको एक नर्सिङ होममा अन्धाधुन्द गोली प्रहार भएकाे छ ।
सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका हुन ।
यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ ।
घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले गोली चलाउनुको कारण भने खुलेको छैन ।