काठमाडौँ । साउदी अरबले हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएकाे जनाएकाे छ ।
जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ ।
साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए ।
हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन् ।
इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ ।