images
images

निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गर्न माग

  • ११ असार २०८१, सोमबार १४:३४
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गर्ने सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लैङ्गिक समानताको नारा लगाए पनि कार्यस्थलहरू लैङ्गिकमत्री नभएको उनको गुनासो छ ।

‘देशैभरिका महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्नका लागि देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्,’ उनले भनिन् ।

‘सिंहदरबारभित्र महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत रहेको शिशु स्याहार केन्द्रमा निजामती कर्मचारीका ७५ जना शिशु राख्ने गरिएको छ । जहाँ एक आयाले धेरै बच्चा हेर्नुपर्ने अवस्था छ । त्यहाँ कर्मचारी थप्नुपर्ने र बच्चाले खेल्ने ठाउँ बनाउनुपर्नेमा यो पालि बजेट घटाइएको छ । अब कर्मचारीले दोब्बर दस्तुर तिर्नुपर्ने छ,’ उनले भनिन् ।