
काठमाडौं । काठमाडौं, भक्तपु र ललितपुरमा आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।
पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ ।
यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर घरमा ग्एर पोलियो थोपा खुवाउनेछ ।
जेठ १३ मा काठमाडौँको काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको थियाे ।
उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।