अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । यो धेरै आयुर्वेदिक औषधीयमा मात्र प्रयोग गरिएको छैन । धेरै छालाहेरचाह, हेयर केयर सप्लिमेन्टमा पनि प्रयोग गरिन्छ। अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन । अमलामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। यस्तो अवस्थामा यदि कसैले दिनहुँ अमलाको सेवन गर्छ भने मुटु रोगबाट बच्न सकिन्छ। अमलामा पाइने भिटामिन सीले एथेरोस्क्लेरोसिस जस्ता रोगलाई पनि शरीरबाट टाढा राख्छ, जसमा फ्याट, कोलेस्ट्रोल जस्ता फोहोर पदार्थ रक्तनलीमा जम्मा हुन थाल्छ। अमलामा क्रोमियम पनि पाइन्छ, जसको सेवनले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। अमलाको सेवन मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ। निक अमलाको पानी पिउनुहुन्छ भने यसले मेटाबोलिज्मलाई गति दिन मद्दत गर्छ । जसले खानाको पाचनक्रियामा सुधार ल्याउनुका साथै बढी क्यालोरी बर्न गर्छ । यसले तौल घटाउन मद्दत गर्छ । स्वास्थ्य विज्ञका अनुसार अमलाको रस सेवनले रुघा-खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ ।