images
images

हराइरहेका एक व्यक्तिको एक महिनापछि शव फेला

  • ८ पुष २०८०, आईतवार ०९:४५
images

गुल्मी। गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्।

गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शनिबार जिल्लाको सदरमुकाम तम्घास नजिकैको अर्जुन डाँडाको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

चुँदारा सम्पर्कविहीन भएपछि घरपरिवारले उनको खोजी गरिदिन प्रहरीलाई आग्रह गरेका थिए।

घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।