images
images

जुम्लामा आजदेखि टाइफाइड खोप अभियान सञ्चालन हुदै

  • ८ पुष २०८०, आईतवार ०९:४७
images

जुम्ला । जुम्लामा आजदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। आजदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

भूकम्प प्रभावित जिल्लाका नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाउने क्रममा यसअघि जाजरकोट र रुकुम पश्चिममा खोप अभियान सम्पन्न भइसकेको छ। जुम्लाका झन्डै ५४ हजार जनालाई निःशुल्क टाइफाइड खोप लगाउने तयारी रहेको छ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाले पहिलो चरणमा जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी गरी तीन वटा पालिकामा ८, ९ र १० गते खोप अभियान सञ्चालन हुने बताए। त्यस्तै दोस्रो चरणमा ११ देखि १३ गतेसम्म तातोपानी, तिला, पातारासी र गुठीचौर गरी चार वटा पालिकामा खोप अभियान सञ्चालन हुने छ।