तपाईं मध्ये धेरैले कतै प्लास्टिक सर्जरीको बारेमा सुनेको हुनुपर्छ। सायद तपाईले पनि सोच्दै हुनुहुन्छ कि यो सर्जरीमा प्लास्टिकको प्रयोगले शरीरलाई सुन्दर बनाइन्छ, वास्तवमा प्लास्टिक सर्जरीमा यस्तो हुँदैन ।
प्लास्टिक ग्रीक शब्द “प्लास्टिकोस” बाट आएको हो र ग्रीकमा प्लाष्टिकको अर्थ तयार पार्नु वा बनाउनु हो। प्लास्टिक सर्जरी मार्फत शरीरको एक भागबाट टिस्यु निकालेर अर्को भागमा जोडिन्छ।
प्लास्टिक सर्जरी मार्फत, तपाईं आफ्नो विकृत शरीरको भाग सुधार गर्न सक्नुहुन्छ।
आजकल प्लास्टिक सर्जरीको उन्नत उपचार पनि चलनमा छ, जसमा शल्यक्रियाको आवश्यकता पर्दैन र इन्जेक्सनको माध्यमबाट शरीरको त्यो भागमा सिलिकन लगाइन्छ।
यस विषयलाई लिएर हामिले कन्सल्टेन्ट प्लाष्टिक सर्जन डा. पिउस दाहालसंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।