
आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मृगौलालाई पहिलोपटक जीवित मानिसमा प्रत्यारोपण गर्न चिकित्सकहरू सफल भएका छन् ।
चिकित्सा क्षेत्रमा ठूला सफलताहरूले मिर्गौला रोगबाट पीडित व्यक्तिहरूका लागि सम्भावनाका नयाँ ढोकाहरू खोलेका छन्। म्यासाचुसेट्स जनरल अस्पतालमा शनिबार गरिएको ४ घण्टाको शल्यक्रियामा चिकित्सकहरूले यो उपलब्धि हासिल गरेका हुन् ।
सन् १९५४ मा विश्वको पहिलो मृगौला प्रत्यारोपण यही अस्पतालमा भएको थियो । ६२ वर्षीय रिक स्लेम्यानको स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने चिकित्सकहरूले बताएका छन् ।
डाक्टरहरूले नयाँ मृगौला वर्षौंसम्म टिक्न सक्ने बताएका छन् तर जनावरबाट मानिसमा प्रत्यारोपण गर्दा अझै धेरै कुराहरू निर्धारण गर्न बाँकी रहेको स्वीकार गरेका छन। अहिलेको लागि, यो सफलताले भविष्यमा जनावरका अंगहरूको थप प्रत्यारोपणको आशा जगाउँछ।
सुँगुरको मृगौला यसअघि पनि प्रयोगात्मक रूपमा मस्तिष्क मरेका मानिसमा प्रत्यारोपण गरिएको थियो, तर जीवित मानिसमा यो पहिलो घटना हो।