images
images

दिर्घकालीन मृगौला रोगको कारणबारे महत्वपूर्ण जानकारी

  • १२ चैत्र २०८०, सोमबार १३:१३
images

मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी हुन वा मृत्यु समेत हुन सक्छ ।

प्रत्येक मृगौलाको अत्यन्त जटिल संरचना र कार्य हुन्छ । तिनका दुईवटा महत्वपूर्ण काम हुन्छन्ः शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने र पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राख्ने ।

यसका अतिरिक्त मृगौलाले शरीरमा रगत बन्न, हड्डिलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा अम्लोपनको (एसिड) मात्रा सन्तुलित राख्न जस्ता अत्यन्त जरुरी कामहरू पनि गर्छन ।

मृगौलाहरू तपाईंको पेटको पछाडि, मेरुदण्डको नजिक हुन्छन । मिर्गौलाले तपाईंको शरीरको पानी र खनिजको स्तरलाई सन्तुलनमा राख्छ र तपाईंको रगतबाट फोहोर फिल्टर गर्छ।

मृगौला रोग तब हुन्छ जब तपाईंको मृगौलाले तपाईंको रगत फिल्टर (सफा) गर्ने, फोहोर हटाउने र पिसाब बनाउने क्षमता बिस्तारै गुमाउँछ। तपाईको मृगौलाले धेरै महिना वा वर्षको अवधिमा काम गर्न छोड्छ।

यदि तपाईको मिर्गौलाले अचानक काम गर्न छोड्यो भने, मृगौला विफलता भन्ने बुझ्नुपर्छ । तीव्र मृगौला विफलता जाे सुधार हुदैन यसलाइ दिर्घकालीन मृगौला रोग भनिन्नछ।

दिर्घकालीन मृगौला रोगको कारणबारे अझ प्रष्ट हुन हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।