दिनको एकपटक चिया या कफी पिउने अधिकांशको बानी नै हुन्छ । अझ विशेषगरी कफी रुचाउनेको संख्या अत्यधिक छ । कोही व्यक्तिको आवश्यकता बिहान उठनासाथ कफी पिउने पनि हुन्छ । कफीले एकाग्र हुन मद्दत गर्छ भन्ने कतिपयको विश्वास छ भने कतिपयले कफी पिए शरीरलाई जाँगरिलो बनाउँछ भन्ने गर्छन्। जे होस् कफी धेरैको मनपर्ने पेय पदार्थ हो। दिनभरी अफिसमा काम गर्दा वा राति अबेरसम्म जाग्राम बस्दा कफीको विकल्प अरु हुनै सक्दैन् । अचेल धेरैका लागि कफी खानु आदत जस्तै हो । अनुसन्धानहरुमा सहि तरिकाले बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगेको छ ।
आजको विश्वमा कफीको नाम नसुन्ने सायदै कम मानिस होलान्। चिया जस्तै कफी पनि एक वैधानिक पेय पदार्थ हो। कसैलाई भेट्नुपर्यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् ।
कफी पिउँनुको फाइदाहरु
शरीरमा उर्जा बढाउँछ
कफीमा क्याफेन नामक पदार्थ हुन्छ। जसले केन्द्रीय स्नायु प्रणालीलाई नै उत्तेजक बनाउँछ। क्याफेनमा शरीरमा थकान घटाउने र शरीरमा उर्जा प्रदान गर्ने क्षमता रहेको हुन्छ। एक अध्ययनमा गल्फ खेल्नुअघि तथा खल्दै गर्दा क्याफेनको सेवन गर्दा सहभागीहरुको प्रदर्शनमा सुधार भएको थियो भने शरीरमा उर्जा बढ्नुका साथै थकान कम भएको पाइएको थियो।
कलेजोको क्यान्सरमा कफी
कफीले कलेजोको क्यान्सरको जोखिम पनि कम गर्नमा मद्दत पुर्याउँछ । एक अमेरिकी अध्ययनले प्रति दिन दुईदेखि तीन कप कफी पिउने सहभागीहरूलाई हेपाटोसेलुलर कार्सिनोमा र दीर्घकालीन कलेजो रोग हुने जोखिम कम हुने निष्कर्ष निकालेको थियो । कफीमा पाइने क्याफिन रक्तचापलगायत मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।
मधुमेहको जोखिम कम गर्छ
केही अध्ययनहरुले नियमित रुपमा कफी सेवन गर्नाले टाइप-२ मधुमेहको जोखिम कम गर्न सक्ने देखाएको छ।
टाउको दुखाइ कम
कफी खाने व्यक्तिलाई टाउको दुखेको छ भने राहत महसुस गराउन सक्छ ।
डिप्रेसनको जोखिम कम गर्छ
केही अध्ययनहरुले कफी पिउने बानी डिप्रेसनको जोखिम कम हुनुसँग जोडिएको हुन सक्ने देखाएको छ। एक अध्ययनमा दिनमा कम्तिमा चार कप कफी पिउँदा डिप्रेसनको जोखिम उल्लेखनीय रुपमा कम हुने देखिएको छ।
शरीरको तौल घटाउन मद्दत गर्छ
केही अध्ययनहरुमा कफीले शरीरमा बोसो जम्न कम गर्न सक्ने तथा पेटको स्वास्थ्यलाई बलियो राख्न सक्ने देखिएको छ। यी दुवै कुरा शरीरको तौल व्यवस्थापनमा फाइदाजनक मानिन्छ। एक अध्ययनले दिनमा एक वा दुई कप कफी पिउने मानिसहरु नपिउनेको तुलनामा १७ प्रतिशत बढी शारीरिक रुपमा सक्रिय रहने गरेको देखाएको थियो। शारीरिक गतिविधि बढी हुँदा स्वतः शरीरको तौल व्यवस्थापन हुने गर्छ।