images
images

पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण

  • १३ बैशाख २०८१, बिहीबार १३:५०
images

ललितपुर । ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण सेवा सुचारु गर्ने भएको छ ।

गत वर्षदेखि नै ३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरुको एचपीभी डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडाहरुमा यो सेवा प्रदान गर्ने भएको हो ।

जनचेतना र स्क्रिनिबका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले नि: शूल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ ।