नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
जिल्लामा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।
अतिनै महत्वपूर्ण मानिने सिटी स्क्यान उपकरणले मस्तिष्क, टाउको, घाटी, छाती, पेट, आन्द्रा, नशा लगायत शरीरको भित्र अङ्गका रोगको पहिचानको लागी सहज हुने छ ।
सिटी स्क्यान सेवा उपभोगको लागी अस्पतालले तीन हजार देखि आठ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ ।
उक्त शुल्कमा बीमा गरेका बिरामीहरूले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले एक हजार रुपैयाँ भन्दा कम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाइने अस्पतालले जनाएकाे छ ।