images
images

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

  • १४ फाल्गुन २०८०, सोमबार १२:०८
images

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त्त रुपमा चेकजाँचमा खटिएको प्रहरीको टोलिले लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

हिजो राती पौने ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट प्र.१-०२-०४१ प.१०३८ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका मोटरसाईकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका-९ का २८ बर्षिय डिक बहादुर कार्की र पछाडी सवार मोरङको मधुमल्ला तोरीवारी कि २२ बर्षिया नाईरा भन्ने कोशिस तामाङको साथबाट लागुऔषध ब्राउनसुगर ११ ग्राम ५०० मिलिग्राम बरामद गरेको थियो ।

यसका साथै प्रहरीको सोही टोलीले उक्त स्थानबाट आईतबार राती ९ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका झापाको दमक नगरपालिका-२ सुनाखरीका ३३ बर्षिय प्रविन तामाङ र ४५ बर्षीया कलमा तामाङलाई ९ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।