images
images

प्याजले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरु

  • १४ फाल्गुन २०८०, सोमबार १२:०१
images

प्याजलाई काट्दा आँखामा आशु पक्कै आउँछ, तर यसलाई खानुका अनगिन्ती फाइदाहरूको तुलना नै छैन। विशेषगरी गर्मीमा प्याज खाँदा गर्मीबाट बच्ने भनिएको छ प्याजले गर्मीबाट बच्न मात्र नभई मधुमेह र क्यान्सर जस्ता रोगबाट पनि बचाउन सक्ने क्षमता राख्छ । सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा मात्र सिमित छैन । प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ । प्याजमा पानीको मात्रा धेरै हुने भएकाले शरीरमा पानीको मात्रा पुर्‍याउन काँचो प्याज खानु उपयुत्त मानिन्छ । उच्च रक्तचाप, कोलेस्ट्रोल नियन्त्रण र पाचन प्रक्रियालाई सहज बनाउन पनि काँचो प्याज फाइदाजनक मानिन्छ । यसको स्वाद मसालेदार र तिखो छ। प्याज जुनसुकै हावापानीमा सजिलै खेती गर्न सकिन्छ ।
प्याज स्वास्थ्यका लागि हरेक हिसाबले फाइदाजनक हुन्छ । चाहे यसलाई काँचो खानुहोस् वा तरकारीमा। यसलाई फोलेट, आइरन, पोटासियम र भिटामिन सी र बी ६ को राम्रो स्रोत मानिन्छ।प्याज काँचो खाने कि पकाएर खाने भन्ने कुरा तपाईको रोजाइमा भर पर्छ । काँचो प्याजको कुरा गर्ने हो भने यसमा धेरै मात्रामा अर्गानिक सल्फर हुन्छ, जसका धेरै फाइदाहरु छन् । एक वैज्ञानिक अध्ययनका अनुसार प्याजको बाहिरी तहमा बढी मात्रामा फ्लेभोनोइड हुन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसकारण, प्याज काट्दा, तपाईंले यो तहलाई सकेसम्म थोरै हटाउनु पर्छ। यो धेरै अवस्थामा तपाईंको लागि लाभदायक छ ।
पकाएको प्याजमा फाइबर र तामा पाइन्छ। फाइबरले पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ भने तामा मस्तिष्कको विकासका लागि राम्रो मानिन्छ। प्याजको अचार पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर केही कम्पनीहरूले प्याजको अचारमा केमिकल थप्छन्, जुन स्वास्थ्यका लागि हानिकारक छ। यस सन्दर्भमा, प्याज काँचो र पकाएर खान सकिन्छ।
प्याजले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरु
मधुमेह
मुसामा गरिएको वैज्ञानिक अध्ययनबाट प्याजको जुसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने कुरा पुष्टि भएको छ । अध्ययनका अनुसार प्याजमा क्रोमियम हुन्छ, जसका कारण यो मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । त्यसैले मधुमेह जस्ता समस्याबाट बच्न दैनिक सीमित मात्रामा प्याजको सेवन गर्न सकिन्छ । साथै, यदि कोही मधुमेहबाट पीडित हुनुहुन्छ भने, उसले डाक्टरको सल्लाहमा मात्र मधुमेहको औषधिसँगै प्याज खानुपर्छ।
क्यान्सर
बैज्ञानिकहरुका अनुसार प्याजमा स्तन र पेटको क्यान्सर गराउने कोशिकाहरुको वृद्धिलाई रोक्ने क्षमता हुन्छ । एन्टिअक्सिडेन्टले शरीरमा फ्री रेडिकलको निर्माणलाई रोक्छ, जसले गर्दा क्यान्सरको जोखिम कम हुन्छ। त्यसैले प्याजको सेवनले शरीरमा क्यान्सर ब्याक्टेरिया बढ्ने मौका दिँदैन । प्याजको सेवनले मुखको क्यान्सरबाट पनि बच्न सकिन्छ जसले प्याजको बढी सेवन गर्छ, उनीहरुमा क्यान्सर हुने खतरा धेरै गुणा कम हुन्छ । तसर्थ, क्यान्सर रोकथाम प्याज खानुको एक फाइदा पनि हो। क्यान्सर जस्तो घातक रोगबाट बच्नका लागि प्याज एक राम्रो औषधी बन्न सक्छ । यो अक्सिडेन्टबाट भरपुर हुन्छ । यसमा भिटामीन सी पनि पाइन्छ जसले क्यान्सरको रोकथामको लागि सहयोगी भुमिका खेल्छ ।
महिनावारीमा
महिलाहरुमा महिनावारीसँग जोडिएको समस्या हुँदा प्याजको रसमा मह मिलाएर सेवन गरेमा धेरै लाभदायक हुन्छ । अत्याधिक दुखाई हुँदा पनि प्याजको सेवनले राहत मिल्छ । महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४-५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।
पाचन प्रणाली
प्याजको एक औषधीय गुण भनेको पाचन प्रणालीलाई सुधार्नु हो। पकाएको प्याजमा फाइबरको मात्रा धेरै हुन्छ, जसले कब्जियत र ग्यास जस्ता समस्याबाट छुटकारा दिन्छ। कब्जियतको समस्या भएन भने पाचन प्रणालीले राम्रोसँग काम गर्छ । प्याजमा पाइने यो फाइबरले आन्द्रामा राम्रो ब्याक्टेरिया बढ्न मद्दत गर्छ, जसले गर्दा आन्द्राले राम्रोसँग काम गर्न सक्छ।
प्याजमा पाइने फाइटोकेमिकलले ग्यास्ट्रिक अल्सरको असरलाई धेरै हदसम्म कम गर्न सक्छ। प्याजमा केही प्राकृतिक प्रोबायोटिक्स पनि हुन्छन्, जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ ।
राम्रो हृदय स्वास्थ्य
प्याजमा एन्टिअक्सिडेन्टको साथसाथै एन्टी इन्फ्लेमेटरी गुण पनि हुन्छ, जसका कारण मुटुले राम्रोसँग काम गर्न सक्छ। प्याजले कोलेस्ट्रोलको स्तरलाई पनि सन्तुलनमा राख्न सक्छ, जुन मुटुको स्वास्थ्यको लागि महत्त्वपूर्ण छ।
मौखिक स्वास्थ्य
काँचो प्याज खाएपछि मुखबाट दुर्गन्ध आउन थाल्छ भन्ने कुरा त सबैलाई थाहा छ तर मुखको स्वास्थ्यका लागि काँचो प्याज निकै महत्वपूर्ण हुन्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ । यसमा दुईवटा सल्फर यौगिकहरू छन् जसलाई थायोसल्फ्युरेट्स र थायोसल्फोनेट भनिन्छ, जसले दाँत क्षय गर्ने ब्याक्टेरियालाई हटाउन सक्छ। प्याजमा भिटामिन सी हुन्छ, जुन दाँतको स्वास्थ्यका लागि आवश्यक हुन्छ । यति मात्र होइन, प्याजले मुखको क्यान्सरको वृद्धि रोक्न पनि मद्दत गर्छ मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ ।
आँखाको लागि
प्याज र आँखाको सम्बन्ध पनि अनौठो छ । यसलाई काट्दा आँखाबाट आशु निस्कन्छ र खाँदा आँखाको ज्योति बढ्छ । प्याजको सेवनले शरीरमा ग्लुटाथियोन उत्पादन गर्छ, जुन एक प्रकारको प्रोटिन हो। यसले एन्टिअक्सिडेन्ट जस्तै काम गर्छ। शरीरमा ग्लुटाथियोनको अत्यधिक मात्रा भनेको कालो र सेतो मोतियाबिन्दु र आँखा सम्बन्धी अन्य रोगहरूबाट मुक्ति हो
प्याजमा सेलेनियम पनि हुन्छ, जसले शरीरलाई पर्याप्त मात्रामा भिटामिन–ई प्रदान गर्छ र भिटामिन–ई आँखाका लागि आवश्यक हुन्छ । त्यसैले प्याज खानुको एउटा फाइदा भनेको आँखाको ज्योति बढाउनु हो भन्न सकिन्छ ।
ज्वरो र खोकी
ज्वरो आएमा प्याजलाई घरेलु उपचारको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले ज्वरोबाट धेरै हदसम्म राहत दिन्छ। आज पनि धेरै मानिसहरु परम्परागत रुपमा ज्वरो र खोकी लाग्दा प्याज प्रयोग गर्छन्। यति मात्र होइन, कतिपयलाई नाकबाट रगत बग्ने समस्या हुन्छ, प्याजको धुवाँ उनीहरुका लागि फाइदाजनक हुन्छ । साथै खोकी लागेमा प्याजको रसमा मह मिसाएर सेवन गर्दा आराम मिल्छ । प्याज खानुका फाइदाहरूमा ज्वरो र खोकीबाट पनि राहत मिल्छ। साथै यसमा म्याङ्गनीज पनि हुन्छ, जसले तपाईंलाई रुघाखोकीबाट बचाउँछ।
राम्रो निद्रा
प्याजमा प्रीबायोटिक्स हुन्छ, जसले राम्रो निद्रा लिन र तनाव कम गर्न मद्दत गर्दछ। प्याज खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको बृद्धि गर्न मद्दत गर्छ, जसले डाइटरी फाइबर पचाउँछ, जसले पेटलाई स्वस्थ राख्छ र मेटाबोलिक उपउत्पादनहरू उत्पादन गर्छ। यी उप-उत्पादनहरूले मस्तिष्कको कार्यलाई सुधार गर्दछ र राम्रो निद्राको नेतृत्व गर्दछ निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।
हैजा को उपचार
अनुसन्धानले प्याजमा यस्ता गुणहरू रहेको पत्ता लगाएको छ, जसले हैजालाई केही हदसम्म निको पार्न सक्छ। यसमा ब्याक्टेरियल गुण हुन्छ। तसर्थ, हैजा मा प्याज घरेलु उपचारको रूपमा प्रयोग गर्न सकिन्छ। प्याजले हैजामा फाइदा गर्छ ।
चम्किलो छालाको लागि
चम्किलो छालाका लागि भिटामिन ए, सी र ई आवश्यक हुन्छ र यी सबै गुण प्याजमा पाइन्छ । यी सबै भिटामिनहरू मिलेर छालामा फ्री रेडिकलको कारण समयपूर्व चाउरी पर्न सक्ने जोखिमलाई कम गर्छ। यसबाहेक प्याजले एन्टिसेप्टिकको रूपमा पनि काम गर्न सक्छ, जसले गर्दा क्षतिग्रस्त छाला ब्याक्टेरियाबाट सुरक्षित रहन्छ।
लामो कपाल
प्याजमा सल्फर र केराटिन जस्ता पोषक तत्वहरू पाइन्छ, जुन कपालका लागि आवश्यक हुन्छ। प्याजको रस कपालमा लगाउनाले कपाल लामो, बाक्लो र बलियो बन्न सक्छ। सल्फरले टाउकोमा कोलाजेन गठन गर्छ, जसले कोशिकाको वृद्धिलाई बढावा दिन्छ र जराबाट कपाललाई बलियो बनाउँछ। प्याजको रसले कपाल धुँदा कपालको वृद्धिमा सुधार ल्याउछ साथै तोरीको तेलमा प्याज मिसाएर कपालमा लगाउँदा कपालको प्राकृतिक चमक कायम रहन्छ । कपाल झर्ने समस्या छ भने प्याज तपाईको समस्याको समाधान हुन सक्छ । प्याजको रस प्रयोग गर्दा कपाल झर्न रोक्छ । साथै प्याजको सेवन नियमित गरेमा कपालको जरा मजबुत हुन्छ । पछिल्लो समय कपाल झर्ने रोकथाम र कपालको स्वास्थ्यका लागि प्याजको रस निकै चर्चित भएको छ । प्याजको रसमा सल्फर प्रशस्त हुन्छ । सल्फरले टाउकोको रक्तसञ्चार सुधार गर्छ । यसले नयाँ कपाल बढ्न मद्दत गर्छ र कपाल बाक्लो बनाउँछ ।