
चितवन । क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ ।
काठमाडौँ कीर्तिपुरस्थित त्याङ्गला फाँट निवासी प्रा.डा. तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा पराजुलीले छोरा डा. अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गर्नुभएको हो ।
काठमाडौँ कीर्तिपुरस्थित त्याङ्गला फाँट निवासी प्रा.डा. तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा पराजुलीले छोरा डा. अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गर्नुभएको हो ।
अस्पतालमा सोमबार आयोजित कार्यक्रममा अक्षय कोष स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो रकम बराबरको चेक परिवारले अस्पताललाई हस्तान्तरण गरेको छ।
प्रा.डा. पराजुलीले आफूले छोरा गुमाउनु पर्दा भोगेको पिडा अन्य परिवारले सहन नपरोस् भन्ने उद्देश्यका साथ कोष स्थापना गरिएको बताउनुभयो ।