वर्षको बाह्र महिना बजारमा सबैभन्दा बढी बिक्रि हुने फल केरा हो । तर के तपाईलाई थाहा छ यो साधारण देखिने फल स्वादमा उत्कृष्ट मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
केराको सेवनले विशेषगरी यो मौसममा धेरै रोगबाट टाढा राख्छ । केरामा म्याग्नेसियम, पोटासियम, भिटामिन बी६ र अन्य धेरै पोषक तत्वहरू पाइन्छ जुन पाचन र मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ। केराको सेवनले तपाईको स्वास्थ्यमा के के फाइदा हुन्छ जान्नुहोस् ।
केरा खाँदा तपाईलाई यी स्वास्थ्य फाइदा हुन्छ:
पाचन प्रक्रियामा सुधार हुन्छ : गर्मी मौसममा मानिसमा पाचन सम्बन्धी समस्या हुन्छ । यस्तो अवस्थामा केराको सेवनले पाचन क्रिया राम्रो हुन्छ । पाचन प्रक्रियामा सुधार गरेर धेरै गम्भीर रोगको सिकार हुनबाट बच्न सकिन्छ। तसर्थ, दैनिक केरा खानु तपाईंको लागि लाभदायक हुनेछ।
लुज मोसनमा फाइदाजनकः यो मौसममा गर्मीका कारण मानिसलाई लुज मोसनको समस्या पनि हुन्छ । यस्तो अवस्थामा केरा खाएमा तुरुन्तै राहत पाउन सकिन्छ । केरामा कालो नुन मिसाएर खाँदा आराम मिल्छ । यसका साथै केराको साथमा चिनीका केही दाना खाँदा पनि फाइदा हुन्छ ।
रगतलाई पातलो राख्छः केराले शरीरमा रगतलाई पातलो राख्न मद्दत गर्छ। यसले रगतलाई पातलो बनाउँछ र रक्तसञ्चार सुधार गर्छ। केरामा म्याग्नेसियम हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्छ। कोलेस्ट्रोलको मात्रा कम हुँदा धमनीमा रक्तसञ्चार पनि ठीक हुन्छ ।
कब्जियतमा फाइदाजनकः केराको सेवन कब्जियतका बिरामीका लागि संजीवनी जडिबुटी जस्तै हो। यसको सेवनले कब्जियतको समस्याबाट मुक्ति मिल्छ । यसका लागि केरासँग दूध पिउनुहोस् । हरेक दिन राती सुत्नुअघि यसको सेवन गर्दा कब्जियतमा फाइदा हुन्छ ।