images
images

गोरखामा पहिलोचोटि दूरबिनको माध्यमबाट पाठेघर निकाल्ने अप्रेसन सफलतापूर्वक सम्पन्न

  • १४ बैशाख २०८१, शुक्रबार १४:२२
images
गोरखा । गोरखा अस्पतालमा पहिलोचोटि दूरबिनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ।
भीमसेन थापा गाउँपालिका १ निवासी ३८ वर्षीय महिला करिब एक वर्षदेखि तल्लो पेटमा निरन्तर दुखिरहेको भनी उपचार गर्न गोरखा अस्पताल आई भिडियो एक्सरे गर्दा पाठेघरमा ट्युमर (Fibroid) देखियो थियो, जुन करिब १० सेन्टिमिटर ठूलो रहेको थियो।
सोही क्रममा विशेषज्ञ चिकित्सकहरुको सल्लाह अनुसार पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकोले ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरबिनको माध्यमबाट पाठेघर र ट्युमर दुवै निकाली सफल भयो, जुन ट्युमरको तौल करिब एक किलोको थियो।
शल्यक्रियामा संलग्न डाक्टरहरू ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ डाक्टर राजन महत, डाक्टर विश्वराज खड्काको टिम र एनेस्थेसियालोजिस्ट डाक्टर शम्भु अधिकारीको टिमले सम्पन्न गर्नुभएको हो।
शल्यक्रिया पश्चात् बिरामीको अवस्था सामान्य रहेको जानकारी अस्पताल प्रशासनले दिएको छ।