काठमाडौं । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
ग्वार्कोस्थित एक गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनी एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।