images
images

सास गन्हाउने समस्याका समाधानका उपायहरु

  • ९ आश्विन २०८०, मंगलवार १३:५५
images

मुखको दुर्गन्धले धेरै मानिसलाई सताइरहेको हुन्छ । मुख गन्हाउने समस्यले साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन् । सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको र पेटको समस्या भएमा मुखबाट दुर्गन्ध आउँछ । चुरोट, खैनी सेवन गर्नेहरुको मुखबाट पनि दुर्गन्ध आउँछ । मुखमा घाउ खटिरा आएमा, गाँठागठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ ।

सास गन्हाउने समस्याका समाधानका उपायहरु

– तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ ।

– अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ ।

यति गर्दा पनि तपाईको सास गन्हाउने कम भएन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।