images
images

सुगर रोग भनेको के हो ? यसको प्रकार र लक्षणहरु

  • १५ फाल्गुन २०८०, मंगलवार ०९:४१
images

मधुमेह आजको समयमा धेरै प्रचलित रोगहरु मध्ये एक हो। धेरैले यसलाई आधुनिक सभ्यताको अभिशाप भनेका छन् ।

यो मृत्युको आठौं प्रमुख कारण र अमेरिकामा अन्धोपनको तेस्रो प्रमुख कारण भएको छ। यति मात्र होइन, यी तथ्याङ्कहरू डरलाग्दो रूपमा बढ्दै गएका छन् र यिनीहरू बढ्नुको मुख्य कारण भनेको हाम्रो जीवनयापनमा आएको परिवर्तन हो।

आजकाल पहिलेभन्दा धेरै युवा र बालबालिकासमेत मधुमेहबाट ग्रसित देखिन्छन् ।

सन् २००४ को जनवरीमा नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भएको ‘मधुमेह र बाथ रोग’ सम्बन्धी सेमिनारमा इन्स्टिच्युटले मधुमेहसम्बन्धी गरेको अनुसन्धानलाई उद्धृत गर्दै १४ देखि २५ वर्षका मानिसमा यो रोग तीव्र गतिमा बढिरहेको बताएको थियो ।

यस बिषयमा हामीले मधुमेह र थाइराइड रोग विशेषज्ञ डा. कामाक्ष शाहसँग कुराकानी गरेका छौँ ।

हेर्नुहाेस भिडियाे