
काठमाडौँ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले बुधबार अस्पताल पुगेर अस्पताल प्रशासनलाई विभिन्न निर्देशन दिएका छन् ।
उनले आइसीयु बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रबृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।
मन्त्री यादवले अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्ने निर्देशन दिएका छन् ।
त्यसैगरी उनले अस्पतालमा रहेका ओटि र ओपिडी सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएका थिए ।