images
images

चिरायु नेशनल हस्पिटल र टोखा वडा नं ३ को संयुक्त आयोजनामा प्रोस्टेट क्यान्सर सम्बन्धी निःशुल्क शिविर सम्पन्न

  • १५ बैशाख २०८१, शनिबार १८:१३
images

चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युट र टोखा नगरपालिका वडा नं ३ को संयुक्त आयोजनामा पुरुषहरुको प्रोस्टेट क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

टोखा नगरपालिका ०३ नंं वडा कार्यालय अवस्थित टोखा सरस्वती स्वास्थ्य चौकीमा शनिबार बिहान ८ बजे देखि दिउसाे ४ बजे सम्म संचालन भएको शिविरमा करीब दुइ सय टोखा नगरवासी सेवाग्राहिले निःशुल्क प्रोस्टेट परीक्षण गराएका छन् ।

वरिष्ठ युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण चिकित्सक प्रा.डा उत्तम कुमार शर्माको नेतृत्वमा संचालन भएको क्याम्पमा निःशुल्क PSA Test, Digital Rectal Examination (DRE), Urine Routine , तथा रेडियोलोजिस्ट डा. आशिष बहादुर सिंह द्वारा निःशुल्क video x-ray (USG) pani गरिएको थियो ।

उमेर बढ्दै गए सँगै धेरै पुरुषहरूमा प्रोस्टेटको समस्या देखिने गरेको र समय मै यसको पहिचान गरेर उपचार विधि अपनाउन सकेमा यसलाई निर्मूल गर्न सकिने जानकरी चिरायु नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिस्ट प्रा.डा उत्तम कुमार शर्माले जानकारी दिनुभयो ।

उक्त क्याम्पमा उपस्थित सेवाग्राहीहरुलाई थप उपचार गर्नुपरेमा चिरायु नेशनल हस्पिटलले सहुलित रकममा छुटको व्यवस्था पनि गरेको जानकरी यसै हस्पिटलका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारीले दिनुभयो ।

यस स्वास्थ्य शिविरलाई सफलतापूर्वक समापन गर्न चिरायु हस्पिटल व्यस्थापन तर्फ बाट नवराज भुजेल र बसन्त खनालसँगै टोखा सरस्वती स्वास्थ्य चौकीका निरीक्षक संजीव कुमार पटेलको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

त्यस्तै टोखा नगरपालिका वडा नं ३ को वडा अध्यक्ष रमेश डंगोलज्यूले चिरायु नेशनल हस्पिटलले देखाएको सहयोग प्रति आभार ब्यक्त गर्दै नगरवासीहरुको स्वास्थलाई ध्यानमा राखी आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

 

तस्विरहरू: सुचनालय