images
images

शुक्लाफाँटा नगरपालिकामा दादुरा–रुबेलाका बिरामी फेला

  • १२ श्रावण २०८१, शनिबार ११:१५
images

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् ।

आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो ।

दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य निर्देशनालय दिपायलका महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।

उक्त दादुरा–रुबेला भएको क्षेत्रमा मात्र खाेप लगाउने वा पूरै नगरपालिका क्षेत्रमा खाेप लगाउने भन्नेबारे छलफल भइरहेको जोशीले जानकारि दिए ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ ।