कञ्चनपुर। जोखिमयुक्त औषधि बेचेको भन्दै कञ्चनपुरबाट प्रहरीले एक मेडिकल संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बंकका मेडिकल व्यवसायी देवसिंह धामी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए।
चेकजाँचका क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरित औषधि बेचबिखन गर्ने गराउने र बिनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित संचालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए।
पक्राउ परेका औषधि व्यवसायी धामीका विषयमा थप अनुसन्धान गरेर कार्बाही गरिने प्रहरीले जनाएको छ।