images
images

७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • १४ माघ २०८०, आईतवार १०:००
images

काठमडौं । आज ७१ औं विश्व कुष्ठ रोग दिवस । १९४५ देखि मनाउन सुरु गरिएको यो दिवस आज पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

हरेक जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिएको छ ।  ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’  भन्ने सन्देशसहित आइतबार नेपालमा पनि यो दिवस मनाइँदैछ ।

कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ ।

रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ ।