
धनगढी । कैलालीमा १५ वर्षीया किशोरी गर्भवती भएकी छन्।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ की १५ वर्षीय किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ। उनी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो।
फागुन ७ गतेमात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ।