images
images

जिल्ला होटल व्यावसायि संघ काठमाडौ र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

  • १५ चैत्र २०८०, बिहीबार १०:४३
images

काठमाडौँ । जिल्ला होटल व्यवसायि संघ काठमाडौँ र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता भएको छ ।

काठमाडौँ जिल्ला भित्र सञ्चालनमा रहेका र विभिन्न आठ वटा ईकाईमा आवद्व रहेका हाेटलका सञ्चालक, सञ्चालकका परिवार, हाेटलका कर्मचारी र हाेटलमा आउने पाहुनाहरूलाई समेत छुट सहितकाे सेवा दिने गरि सम्झौता भएको हो ।

जिल्ला होटल व्यवसायि संघ काठमाडौँका अध्यक्ष शैलेश कार्किले होटल व्यवसाय र हस्पिटल भनेको सेवा दिने क्षेत्र भएकाले सँगै हातेमालो गर्दै जाने भन्ने उदेश्यले आज बुधबार सम्झौता भएको बताउनुभयो । उहाँले आउने दिनहरुमा चिरायु हस्पिटलसँग जिल्ला होटल व्यवसायि संघ काठमाडौँ नजिक भएर हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस सम्झौता यहि चैत महिना बाटै लागु हुने बताइएकाे छ ।

अध्यक्ष कार्किले करिब ३२ सय हाेटलका सञ्चालक, सञ्चालकका परिवार, हाेटलका कर्मचारी र हाेटलमा आउने पाहुनाहरूले समेत सुविधा पाउने बताउनुभयो । उदार मनका साथ चिरायु हस्पिटलले स्वास्थ्य सेवा बिशेष छुट दिएकोमा उहाँले धन्यावाद व्यक्त गर्नुभयो ।

जिल्ला हाेटल व्यवसायी संघ काठमाडौले गर्ने हरेक कार्यक्रममा निशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने, व्यवसायीहरूलाई व्यवसाय देखी अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने लगायतका सहमति भएकाे छ ।