काठमाडौं । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन साहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उजनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका छन्।
‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।’