गर्मी मौसममा मानिसहरु प्रायः नाक, कान र घाँटीका विभिन्न रोगको सिकार हुने गर्दछन् । यस्ता रोगबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ ।
ब्लुक्रस अस्पतालमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धरयस मौसममा स्विमिङ पुलको अत्याधिक प्रयोगका कारण मानिसमा विभिन्न किसिमका रोग लाग्ने गरेको बताउँछिन् । स्विमिङ पुलमा राखिएकाे क्लाेरिन, कानमा पनि पस्ने आदि कारण यसमा पर्छन ।
यसबाहेक गर्मी मौसममा नाकबाट रगत बग्ने समस्या सामान्य छ । यसबाट बच्न, कडा घाम वा गर्मीमा घरबाट बाहिर ननिस्कनुहोस्। समस्या बढ्दै गएमा डाक्टरसँग परामर्श लिनुहोस्।
गर्मीमा अधिकांश मानिसहरू पौडी खेल्ने पोखरी, नदी आदिमा पौडी खेल्न रमाउँछन्। तर यो बानी मानिसमा कान सम्बन्धी रोगको कारण बन्ने गर्छ । पौंडी पोखरी वा खोलाको फोहोर पानीमा नुहाउँदा कानमा एलर्जी हुने जस्ता समस्या हुने गर्दछ । यस्तो अवस्थामा केही सावधानी अपनाउन जरुरी छ । कानको पर्दामा प्वाल वा अन्य गुनासो भएका व्यक्तिहरूले स्विमिङ पुलबाट टाढा रहनुपर्छ। आँखा र नाकलाई दूषित पानीबाट जोगाउने प्रयास गर्नुहोस्।
यस सम्वन्धी ब्लुक्रस अस्पतालमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर संगकाे कुराकानिमा आधारित भिडियाे हेर्नुहाेस ।