images
images

गृहमन्त्रीकाे घाेषणा: महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा

  • १५ जेष्ठ २०८१, मंगलवार १३:१९
images

काठमाडौं । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ ।

मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् ।

लामिछानेले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’