images
images

देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि

  • १३ श्रावण २०८१, आईतवार ०७:२७
images

काठमाडौँ । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार हालसम्म देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएकाे छ ।

ईडिसिडीका अनुसार ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो ।

ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो, जुन ढलबाट मिसिएको हुनसक्ने बताइएको छ ।