हेपाटाइटिस कलेजोको रोग हो, जुन मुख्यतया भाइरल संक्रमणको कारणले हुन्छ। यो रोगमा कलेजो सुन्निने गर्छ । हेपाटाइटिसको समस्या तिव्र रुपमा बढेको छ ।
डब्ल्यूएचओको ‘ग्लोबल हेपाटाइटिस रिपोर्ट २०२४’ अनुसार विश्वमा हरेक वर्ष १३ लाख मानिसले कलेजोको संक्रमणका कारण ज्यान गुमाउँछन् । जसका कारण फ्याटी लिभर, लिभर सिरोसिस र कलेजोको क्यान्सरका केस पनि तिव्र गतिमा बढिरहेका छन् ।
कलेजो सम्बन्धी यो रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुलाई २८ मा हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
हेपाटाइटिस के हो?
कलेजो सम्बन्धित राेग हेपाटाइटिस हो। यो रोगमा बिरामीको कलेजो सुन्निन्छ । तपाईलाई भनौं, हेपाटाइटिस ए, बी, सी, डी र ई भाइरसले कलेजो सुन्निन्छ। यो रोगले अहिले महामारीको रुप लिएको छ, यसबाट हुने मृत्युको ग्राफ पनि वर्षेनी बढिरहेको छ ।
हेपाटाइटिसका लक्षणहरु:
ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु, ज्वरो आउनु