१ – चुरोट सेवन गर्दा मुटु, रक्तनली र रक्तकोषहरुमा क्षति पुग्दछ ।
२ – धूमपान गर्दा शरीर भित्र छिर्ने निकोटिन र अन्य केमिकलले मानव शरीर भित्रको फोक्सोलाई क्षति पुरयाउने गर्दछ ।
३ – धूमपानले महिलाहरुको प्रजनन प्रणालीलाई हानी पुरयाउन सक्छ । गर्भवती हुन अझ गाह्रो हनसक्छ ।
४ – चुरोट नियमित सेवन गर्ने पुरुषहरुमा यौन दुर्वलताको समस्या देखिने सम्भावना बढी हुन्छ । यस्तै शुक्रकिटको गुणस्तरमा पनि असर पार्दछ र प्रजनन क्षमता पनि घटाउँदछ ।
५ – चुुरोट सेवन गर्ने मानिसहरुको रोग प्रतिरक्षा प्रणाली कमजोर बन्दछ । यसले रोग लाग्ने सम्भावना बढी हुन्छ । यस्तै शरीरमा सुजनको जोखिम पनि बढाउँछ ।
६ – चुरोट सेवन गर्ने मानिसलाई इन्टिगुमेन्टरी प्रणालीमा असर गर्दछ । त्यो भनेको व्यक्तिको छाला, कपाल र नङहरु हुन्छन् । धूमपानले मानिसको छाला र कपाललाई असर गर्न सक्छ ।
७ – धूमपानले पाचन प्रणालीमा पनि समस्या निम्त्याउँछ । आन्द्रा सम्वन्धी विकारहरु विकास हुने एक प्रमुख कारण धूमपान हो ।
८ – केन्द्रीय स्नायुप्रणाली मस्तिष्क र मेरुदण्ड हो । जसले सबै शारीरिक र मानसिक गतिविधिहरु नियन्त्रण गर्दछ । धूमपान गर्नेको केन्द्रीय स्नायु प्रणालीमा क्षति पुग्छ किनभने निकोटिनले रक्तचाप र मुटुको धडकन बढाउँछ ।