images
images

वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन हुदैन- उपकुलपति बस्नेत

  • १५ माघ २०८०, सोमबार ११:४५
images

काठमाडौँ। चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राे. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २०६३ सालमा वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको बताउँदै अहिले संसदमा पेस भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गरिएकोप्रति आफूहरूको असहमति रहेको बताउनुभयो ।

उहाँले चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानसँग छुट्याउनुपर्छ भन्ने पेस भएको बताउनुभयो । उहाँले संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताउनुभयो ।